दुई दिन शेयर कारोबार स्थगित

लोकपथ
0
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज र भोलि पुँजी बजारमा शेयर कारोबार स्थगित गर्ने भएको छ ।

नेप्सेले मंगलबार सार्वजनिक गरेको सूचनामा हालको विषम परिस्थिति र कारोबार सदस्य तथा लगानीकर्ताबाट आएको अनुरोधलाई मध्यनजर गर्दै धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१)अनुसार २०८२ भदौ २५ र २६ गते सम्पूर्ण कारोबार स्थगित गरिएको उल्लेख गरिएको छ ।

यस अवधिमा नेप्सेमा कुनै पनि प्रकारको धितोपत्र कारोबार नहुने नेप्सेले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?