वीरगन्ज कारागारमा कैदीहरूको भाग्ने प्रयास, हवाई फायरिङपछि स्थिति नियन्त्रणमा

लोकपथ
14
Shares

काठमाडौं । पर्सास्थित वीरगन्ज कारागारमा कैदीहरूले भाग्ने प्रयास गरेपछि परिस्थिति केही समय तनावग्रस्त बनेको छ । भाग्न खोज्ने क्रममा कैदीहरूले पर्खाल भत्काउने प्रयास गरेपछि सुरक्षाकर्मीहरूले बल प्रयोग गर्नुपरेको थियो ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले सयौँ राउन्ड हवाई फायरिङ र अश्रुग्याँस प्रयोग गरेका थिए । घटनापछि नेपाली सेनासहितको ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको थियो ।

सुरक्षाकर्मीहरूसँगको भिडन्तमा केही कैदी घाइते भएका छन् भने उनीहरूको नाम खुलाइएको छैन ।

हाल कारागार क्षेत्रमा सेना र अन्य सुरक्षाकर्मीको कडा निगरानी कायम गरिएको प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?