भदौ २७ सम्म त्रिविका सबै शैक्षिक क्रियाकलाप बन्द

लोकपथ
7
Shares

काठमाडौं । मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण कामकारबाही बन्द भएका छन् ।

त्रिविले एक सूचना जारी गर्दै अस्पताल बाहेकका प्रशासनिक कार्य आगामी भदौ २७ गतेसम्मका लागि स्थगित गरेको जनाएको हो ।

‘मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण शैक्षिक निकायहरुको शैक्षिक क्रियाकपालहरु एवं अस्पताल बाहेकका प्रशासनिक कार्य मिति २०८२ भदौ २७ गतेसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा निर्देशानुसार जानकारी गराइन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?