काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले धैर्यता कायम राख्न आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै ‘धैर्य गरौँ, संयमित बनौँ, हामी फेरी उठ्ने छौँ,’ उनले भनेका छन् ।
त्यस्तै उनले नेत्रलाल अभागीको कविता सामाजिक सञ्जालमा लेख्दै धैर्यता कायम गर्न भनेका छन् ।
उनले भनेका छन् :
आँधी र हुरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडीमा
एउटा नर्कट पनि
छाती खोलेर ठिङ्ग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामालामा कुरा गर्न सक्छ
तर मेरा मित्र
आँधी र हुरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचुरोमाथि
आँधी र हुरीसँग पौठेजोरी खेल्दै
एउटा सतिसाल मात्र ठिङ्ग उभिन सक्छ ।
( नेत्रलाल अभागी
धैर्य गरौ,
संयमित बनौ,
हामी फेरी उठ्ने छौ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया