काठमाडौं । नेपाल प्रहरीले मंगलबार संसद भवनमा आगलागीका क्रममा ३२ जनाको मृत्यु भएको भन्ने खबरमा सत्यता नरहेको जनाएको छ । विज्ञप्ति जारी गर्दै प्रहरीले अन्य देशमा घटेको पूराना घटनाहरुको हिंसात्मक तस्बिर प्रयोग नगर्न समेत भनेको छ ।
‘अन्य देशमा घटेको पुरानो घटनाको हिंसात्मक तस्बिरलाई प्रयोग गरी हाल भइरहेको आन्दोलनमा बेपत्ता भएका ३२ जना संसद भवनभित्र मृत फेला भनी शीर्षक राखेर भ्रामक समाचार सामाजिक सञ्जालमा फैलाइरहेको सम्बन्धमा नेपाल प्रहरीको ध्यानाकर्षण भएको छ ।
यस विषम परिस्थितिमा जनमानसमा डर, त्रास फैलाउने किसिमका भ्रामक नकारात्मक सामाचार सिर्जना गरी स्थितिलाई थप भड्काउने कार्य नगर्न तथा नराउन हुन नेपाल प्रहरीको अनुरोध गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
मंगलबार संसद भवनमा आगलागी हुँदा धेरै मान्छेहरु त्यहाँ परेको र मृत्यु भएको भन्दै भ्रामक तस्बिरहरु प्रयोग गरेर सामाजिक सञ्जालमा फैलाइएको छ । मंगलबार भयावह भएको स्थिति क्रमशः सामान्य बन्दै गइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया