काठमाडौं । प्रदर्शनरत जेन-जी पुस्ताले व्यक्तिगत हमला र थप सार्वजनिक सम्पत्तिको तोडफोड नगर्न आग्रह गरेका छन् । मंगलबार साँझ विज्ञप्ति निकाल्दै जेन-जीले यस्तो आग्रह गरेका हुन् ।
सोमबारको आन्दोलनमा १९ जनाको निधन भएपछि मंगलबार हिंस्रक बनेको आन्दोलनमा प्रहरीसहित अन्य व्यक्तिहरुको समेत मृत्यु भएको छ । विभिन्न राजनीतिक दलका नेतामाथि आक्रमण हुनुका साथै उनीहरुको घरसमेत जलाइएको छ ।
आन्दोलन अति नै हिंस्रक बनेपछि साँझ मात्रै जेन-जी पुस्ताले थप सार्वजनिक सम्पत्तिको क्षति नगर्न र संयमित हुन आग्रह गरेका छन् ।
उनीहरुले विभिन्न पाँचबुँदे माग राख्दै मृतकलाई शहीद घोषणा र घाइतको उपचार, शीर्ष नेता र सार्वजनिक पद धारण गरेकाको सम्पत्ति छानबिन, घटनाका सम्बन्धमा छानबिन गर्न उच्च स्तरीय न्यायिक आयोग गठन, दुबै तहको सरकार विघटन गरी अन्तरिम सरकार गठन र संविधान पुनर्लेखनको माग गरेका छन् ।
हुर्नेहोस् उनीहरुको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया