काठमाडौं । राजधानीस्थित निजामती अस्पतालमा उपचाररत तीन जना जेनजी प्रदर्शनकारीको मृत्यु भएको छ ।
मंगलबार दिनभर राजधानीका विभिन्न स्थानमा भएको प्रदर्शनमा घाइते भएका १९० जनालाई अस्पताल ल्याइएकोमा तीन जनाको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
त्यस्तै, दुई जना गम्भीर घाइतेलाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ ।
अस्पतालमा हाल पनि दर्जनौँ घाइतेको उपचार जारी रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया