काठमाडौंमा सेना परिचालनको तयारी, ठूलो सङ्ख्यामा सेनालाई काठमाडौं ल्याइँदै

लोकपथ
9.9k
Shares

काठमाडौं । काठमाडौंमा सेना परिचालनको तयारी गरिएको छ । प्रदर्शन हिंसात्मक बन्दै गएपछि सेना परिचालन गर्न लागिएको हो ।

अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका चारै तहका सुरक्षा प्रमुखहरू एकै स्थानमा बसेर सुरक्षा योजना बनाइरहेका छन् ।

सार्वजनिक सम्पत्तिको रक्षा गर्न र थप क्षति रोक्न अल्पकालीन रूपमा सेना परिचालन गर्न लागिएको हो ।

सेना परिचालनका लागि राष्ट्रपति कार्यालयबाट कुनै औपचारिक पत्र गएको वा नगएको सम्बन्धमा बुझिएको छैन । यद्यपि सेनाले स्थिति नियन्त्रणमा लिन लागेको बुझिएको छ ।

काठमाडौंमा सेना परिचालन गर्नका लागि अहिले विभिन्न स्थानबाट काठमाडौंमा ठूलो सङ्ख्यामा सेना ल्याइँदै गरिएको बुझिएको छ ।

धादिङको बैरेनी तथा गजुरी ब्यारेक, काभ्रेको पाँचखाल ब्यारेक आदि स्थानबाट ठूलो सङ्ख्यामा नेपाली सेनालाई काठमाडौंमा उतारिएको छ ।

नेपाली सेनाले केही समयमै विज्ञप्ति जारी गरेर शान्ति सुव्यवस्था कायम गर्न सुरक्षाको जिम्मेवारी लिएको जानकारी गराउने तयारी रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?