काठमाडौं । विभिन्न मागसहित आन्दोलनमा उत्रिएका जेनजी समूहले संयमता अपनाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले राजीनामा दिइसकेको अवस्थामा अब सार्वजनिक सम्पत्तिमाथि तोडफोड नगर्न आग्रह गर्दै ह्वाट्सएपमा एकअर्कालाई सन्देश पुर्याइरहेका छन् ।
‘अब देश हाम्रो नेतृत्वमा आएको छ । सार्वजनिक सम्पत्ति हामी सबैको सम्पत्ति हो । त्यसैले, आन्दोलनमा संलग्न साथीहरुलाई संयमित रहन र सार्वजनिक सम्पत्ति क्षति नपुर्याउन हार्दिक अनुरोध गर्दछौँ,’ सार्वज्निक अपीलमा भनिएको छ ।
अब नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको र त्यसका लागि संयम र धैर्यका साथ अघि बढ्न आह्वान गरिएको छ ।
‘नागरिक सरकार र नयाँ राजनीतिक मार्गनिर्देशनको तयारी भइरहेको छ, त्यसैले हामी संयम र धैर्यका साथ अघि बढौँ । हाम्रो न्यूनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानु हो । यसैमार्फत हामी हाम्रो सुरक्षित भविष्य भएको हो,’ सार्वजनिक अपीलमा भनिएको छ ।
सोमबार जेनजीमाथि सरकारले दमन गरेपछि मंगलबार दिनभर देश तनावग्रस्त बन्न पुगेको थियो । जेनजीले सिंहदरबार, प्रधानमन्त्री निवासदेखि देशका मुख्यमुख्य स्थान कब्जामा लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया