काठमाडौं । जेनजी आन्दोलनकारीको आक्रमणबाट घाइते भएका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी सांसद आरजु राणालाई सेनाले घरबाट निकाले पनि थप उद्धार गर्न सकेको छैन ।
बूढानीलकण्ठस्थित देउवा निवासमा मंगलबार दिउँसो प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका थिए । सो क्रममा देउवा दम्पती घरभित्रै रहेका बेला आन्दोलनकारीले कुटपिट गरेपछि उनीहरू दुवै घाइते भएको सुरक्षा स्रोतले जनाएको छ ।
सेनाले तत्कालीन जोखिमबाट जोगाउन घर नजिकैको बारीमा घेरेर राखेको भए पनि आन्दोलनकारीको भीडका कारण एम्बुलेन्समार्फत अस्पताल लैजान नसकिएको अधिकारीहरूले बताएका छन् । उद्धारका लागि हेलिकप्टर पनि पठाइए पनि अवतरण गर्न नसक्दा उनीहरू अझै सुरक्षित स्थानतर्फ सार्न सकिएको छैन ।
सेनाले उद्धारका लागि बल प्रयोग गर्ने तयारी गरिरहेको र आकाशमा हेलिकप्टर परिक्रमा गरिरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया