काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले संयमता अपनाउन जेनजीलाई आग्रह गरेका छन् ।
सरकारको गलत रवैयाका कारण अहिलेको अवस्था सिर्जना भएको र प्रधानमन्त्रीले समेत राजीनामा दिइसकेको अवस्थामा संयमता अपनाउन उनले आग्रह गरेका हुन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘सरकारको गलत रबैया, गैरजिम्मेवारीपन र असंवेदनशीलताका कारण आज जुन खालको परिस्थिति सिर्जित भएको छ, यसबाट हामी सबै दुखित छौं । प्रधानमन्त्रीको राजिनामा समेत स्वीकृत भैसकेको अवस्थामा म जेनजीसहित देशका सम्पूर्ण देशभक्त नेपाली नागरिकहरुलाई अपील गर्दछु कि अब संयमित हुने समय आएको छ ।’
सार्वजनिक सम्पत्ति हाम्रै करबाट निर्माण भएको र पुनःनिर्माणमा पनि हाम्रै पैसा खर्च हुने भन्दै त्यसतर्फ ध्यान दिइ संयमता अपनाउन आग्रह गरे ।
‘सार्वजनिक सम्पति तपाईं हाम्रै करबाट निर्माण भएको र पुनःनिर्माणमा पनि हाम्रै पैसा खर्च हुने हुँदा यस तर्फ ध्यान दिई संयमित बन्न अनुरोध गर्दछु । अबको मार्गदर्शन भनेकै संयमता, परिपक्वता र दीर्घकालीन सुधारको दिशामा उन्मुख हुनु हो । हामी सम्पूर्ण नागरिक, विशेषतः आन्दोलनमा सहभागी युवापुस्ता, संलग्न संस्थाहरूलगायत सबैलाई यो संवेदनशील घडीमा धैर्य, आत्ममूल्यांकन र सहकार्यको भावनाबाट अघि बढ्न हार्दिक आह्वान गर्दछौँ,’ उनले भनेका छन् ।
कुलमानले सामाजिक सञ्जालमा भनेका छन् :
काठमाडौं उपत्यकासहित देशभर जेनजीले सुशासन, जवाफदेहिता र सामाजिक सञ्जालमाथिको प्रतिवन्ध हटाउन माग राखेर गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले बर्बरतापूर्वक दमन गर्दा उत्पन्न दुखद परिस्थिति हामी सबैका माझमा छर्लङ्ग छ ।
सरकारको गलत रबैया, गैरजिम्मेवारीपन र असंवेदनशीलताका कारण आज जुन खालको परिस्थिति सिर्जित भएको छ, यसबाट हामी सबै दुखित छौं । प्रधानमन्त्रीको राजिनामा समेत स्वीकृत भैसकेको अवस्थामा म जेनजीसहित देशका सम्पूर्ण देशभक्त नेपाली नागरिकहरुलाई अपील गर्दछु कि अब संयमित हुने समय आएको छ । जेन जीको विरोध प्रदर्शन र त्यसपछि विकसित घटनाक्रम पछि प्रधानमन्त्रीले राजीनामा दिई सकेको अवस्थामा निजी तथा सार्वजनिक सम्पति तोडफोड नगर्न सम्पूर्ण आन्दोलनरत पक्षलाई अनुरोध गर्दछु।
सार्वजनिक सम्पति तपाईं हाम्रै करबाट निर्माण भएको र पुनःनिर्माणमा पनि हाम्रै पैसा खर्च हुने हुँदा यस तर्फ ध्यान दिई संयमित बन्न अनुरोध गर्दछु । अबको मार्गदर्शन भनेकै संयमता, परिपक्वता र दीर्घकालीन सुधारको दिशामा उन्मुख हुनु हो । हामी सम्पूर्ण नागरिक, विशेषतः आन्दोलनमा सहभागी युवापुस्ता, संलग्न संस्थाहरूलगायत सबैलाई यो संवेदनशील घडीमा धैर्य, आत्ममूल्यांकन र सहकार्यको भावनाबाट अघि बढ्न हार्दिक आह्वान गर्दछौं। जेन जी सहित अन्तरिम चुनावी सरकार गठन गरेर मध्यावधि निर्वाचन घोषणा गर्दै राष्ट्रलाई विद्यामान संकटबाट निकास दिन आवश्यक छ ।
देश परिवर्तनको संवेदनशील मोडमा उभिएको छ। त्यसका लागि विधिसम्मत, विवेकसम्मत र समन्वयात्मक बाटो अपनाउनु अहिलेको प्राथमिकता हो । यो कालो समयलाई चिर्दै उज्यालो नेपाल सम्भव छ, तपाई हामी मिलेरै यसलाई सार्थक बनाउनेछौं ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया