उपप्रधानमन्त्री सिंहको घरमा आगजनी, ६ वटा गाडी जल्यो

लोकपथ
630
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरुले  उनको ठमेलको चाक्सीबारीस्थित घरमा आगजनी गरेका हुन् ।

प्रदर्शनकारीले सिंहको घरका साथै ६ वटा गाडीसमेत जलाएका छन् ।  

सुरक्षाकर्मीले आगजनी सुरु हुनु अघि नै उपप्रधानमन्त्री सिंह र उनका परिवारका सदस्यहरूलाई सुरक्षित स्थानमा लगाएका थिए। स्रोतका अनुसार सिंह नेपाली सेनाको सुरक्षा अन्तर्गत सुरक्षित छन् ।

 आक्रोशित समूह सिंह निवासमा प्रवेश गरेपछि सुरक्षाकर्मीले उनीहरूलाई रोक्न सकेनन् र त्यसपछि घरमा आगो लगाइयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?