काठमाडौं । पोखरामा जेनजी आन्दोलन नियन्त्रण बाहिर पुगेको छ । कर्फ्यु लागू भए पनि प्रदर्शनकारीहरू उग्र बन्दै गएर विभिन्न स्थानमा आगजनी गरिरहेका छन् ।
सुरुमा पोखरा महानगरपालिका कार्यालयमा आगजनी गरेपछि उनीहरूले नयाँ बजारमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाको घर, एमाले गण्डकी र कास्कीको कार्यालय, पोखरा–८ का वडा कार्यालय, मेयर धनराज आचार्यको घर र उनका भाइले सञ्चालन गरेको इभेन्ट सेन्टरमा आगजनी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया