काठमाडौं । रास्वपाका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका छन् । मंगलबार नख्खु कारागारबाट बाहिर निस्किए लगत्तै लामिछानेले यस्तो आग्रह गरेका हुन् ।
रविलाई रिहा गर्न माग गर्दै प्रदर्शनकारी नख्खु कारागार बाहिर उपस्थित भई पहिलो गेटसमेत तोडफोड गर्न थालेपछि जेल प्रशासनले लामिछानेलाई बाहिर निकालेको थियो ।
त्यसपछि पार्टीका सदस्यको जिम्मा लगाइएका लामिछानेले प्रदर्शनकारीलाई सम्बोधन गर्दै संयमित हुन आग्रह गरेका हुन् ।
नख्खु कारागार बाहिर प्रदर्शनकारीलाई सम्बोधन गरेका लामिछानेले प्रधानमन्त्रीले राजीनामा समेत दिइसकेको अवस्थामा संयमित हुन आग्रह गर्दै नयाँ सर्वपक्षीय सरकार गठनबारे बोलेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया