विशेष अदालतमा आगजनी

लोकपथ
399
Shares

 काठमाडौं । राजधानीस्थित विशेष अदालतमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । अदालतभित्र रहेका महत्त्वपूर्ण कागजात र दस्ताबेजहरू सडकमा फालेर आगो लगाइएको छ । 

त्यस्तै, अदालत परिसरमा पार्किङ गरिएका सवारीसाधनहरूमा समेत आगजनी गरिएको छ ।

उग्र आन्दोलनमा उत्रिएका जेनजीहरूले यसअघि सिंहदरबार र सर्वोच्च अदालतमा पनि आगजनी गरेका थिए । बिहानैदेखि सुरु भएको आक्रमक प्रदर्शनका क्रममा उनीहरूले शीर्ष नेताहरूका घर, विभिन्न कार्यालय, प्रहरी कार्यालय र संसद् भवनमा समेत तोडफोड तथा आगजनी गरेका छन् ।

हाल पनि प्रदर्शनकारीहरू सरकारी कार्यालय र अन्य भवनहरू खोज्दै तोडफोड र जलाउने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?