बालेनले भने– ‘अब संयमित हुनुहोस्, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला’

लोकपथ
420
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मेयर बालेनले प्रधानमन्त्रीको राजीनामा आइसकेको अवस्थामा संयमित हुन भनेका हुन् ।

देशको जनधनको क्षति हामी सबैको रहेको भन्दै उनले संयमित हुन आह्वान गरेका हुन् ।

साथै उनले देशको नेतृत्व नयाँ पुस्ताले गर्ने भन्दै नेपाली सेनाका प्रमुखसँग वार्ता गर्न तयार रहन समेत आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त न्भल श् को आन्दोलन हो । प्रिय न्भल श्, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला ११ देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ । तयार रहनुहोला १
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?