वीर अस्पतालमा थप दुई जनाको मृत्यु, मृतकको संख्या २१ पुग्यो

लोकपथ
665
Shares

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा उपचार भइरहेका थप दुई जनाको मृत्यु भएको छ ।

चिकित्सकका अनुसार अरू केही मानिस गम्भीर घाइते छन् । ‘घाइते दुई जनाको मृत्यु भएको छ । केही गम्भीर घाइते छन्,’ ती चिकित्सकले भने ।

योसँगै मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

काठमाडौंमा सोमबार मात्रै १७ जना र इटहरीमा दुई जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?