रवि लामिछानेलाई रिहा गर्ने तयारी

लोकपथ
1.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्ने तयारी गरिएको छ । लामिछानेलाई पत्नी निकिता पौडेलको जिम्मा लगाउने तयारी गरिएको हो ।

स्रोतका अनुसार अहिले रवि लामिछानेलाई कारागारबाट रिहा गरी श्रीमतीको जिम्मा लगाउने तयारी गरिएको हो ।

देशभरको आन्दोलन मत्थर पार्न पनि रविलाई रिहा गर्नु उचित देखिएको भन्दै उनलाई रिहा गर्न लागिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका एक नेताका अनुसार अबको करिब एक घण्टा (करिब ४ बजे) लामिछानेलाई निकिताको जिम्मा लगाउने तयारी गरिएको हो ।

अहिले सुरक्षा संवेदनशीलताको कारण देखाएर श्रीमती निकिताको जिम्मा लगाउन खोजिए पनि कानुनी प्रक्रिया र सहकारी ठगीको मुद्दामा भने उनले कानुनी प्रक्रिया पूरा गर्नुपर्नेछ ।

यस सम्बन्धमा कारागार विभागका महानिर्देशक लीला प्रसाद शर्मासँग कुराकानी गर्दा अनभिज्ञता जाहेर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?