काठमाडौं । प्रदर्शनकारीले पूर्वउपराष्ट्रपति एवं माओवादी नेता नन्दकिशोर पुन ‘पासाङ’ को घरमा तोडफोड र आगजनी गरेका छन् ।
मंगलबार दिउँसो दहचोकस्थित पुनको घरमा पुगेर आगजनी र तोडफोड गरेका हुन् ।
सोमबार जेनजी समूहका सदस्यमाथि सरकारले निर्मम ढंगले गोली प्रहार गरेपछि आज आन्दोलन चर्किएको छ ।
सोमबार प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । साथै अहिले प्रधानमन्त्रीदेखि शीर्ष नेताहरुको घरमा तोडफोड र आगजनी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया