काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संघीय र प्रदेश सांसदहरूले राजीनामा दिने तयारी गरेका छन् । यसका लागि अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदहरूसँग परामर्श गरिरहेका छन् ।
प्रवक्ता मोहन श्रेष्ठका अनुसार, यो विषयमा केहीबेरमै निर्णय हुने छ ।
राप्रपाबाट संघीय संसदमा १३ र प्रदेशमा २८ जना सांसद छन् ।
यस्तै, रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका पनि सबै सांसदले राजीनामा दिइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया