काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान परिस्थितिबारे दुःख व्यक्त गरेका छन् ।
संवाद सचिवालयमार्फत् विज्ञप्ति जारी गर्र्दै पूर्वराजा शाहले जेनजी पुस्ताले राखेको मागबारे ध्यान दिँदै देशभित्रैबाट समस्याको समाधान निकाल्न आग्रह गरेका छन् ।
‘हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको समाधान निकालियोस् भन्ने चाहना राखिबक्सेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
युृवा पुस्ताले राखेको जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घाइते बनाउनु दुखद र निन्दनीय रहेको उनले बताएका छन् ।
‘युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुःखद एवं निन्दनीय कार्य भएको छ । यो घटना शान्तिप्रिय नेपाली समाजको मान्यता विपरित रहेको छ,’ उनले भनेका छन् ।
साथै मृतकप्रति श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया