काठमाडौं । मंगलबार बिहानैदेखि आक्रोशित प्रदर्शन गरिरहेका ‘जेनजी’ आन्दोलनका सहभागीहरूले केहीबेरअघि सिंहदरबारभित्र प्रवेश गरेका छन् ।
प्रदर्शनकारीहरूले सिंहदरबारको मुख्य गेट तोडेर भित्र प्रवेश गरेको जनाइएको छ। अहिलेसम्म प्रवेशको क्रममा भएको क्षति र सुरक्षा निकायको प्रतिक्रिया बारे विस्तृत जानकारी आउन बाँकी छ।
सरकारी कार्यालय र प्रशासनिक भवनमा यस्तो ढङ्गले प्रवेश हुनु गम्भीर सुरक्षा चुनौतीको संकेत ठानिएको छ। प्रशासनले घटनाको तत्काल नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया