काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् ।
उनले सोमबारको घटनाले सिँगो विद्यार्थी राजनीति असफल भएको भन्दै आज पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
यतिबेला सरकारले जनताको भावना विपरित आन्दोलनलाई दबाउन खोजिरहेको समेत बताएका छन् । उनले आफू जनताको काममा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महशुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्ष बाट राजीनामा दिएको छु। जनताको सेवामा निरन्तर लाग्ने छु। यतिवेला सरकारले जनताको भावना विपरित आन्दोलनलाइ दवाउन खोजिरहेको प्रज्ञाभुती भएको छ।यसको नतिजा भयाभह हुनेछ,’ उनले भनेका छन् ।
उनले भनेका छन् :
हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन!
विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरुले आज स्कूले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन।
तसर्थ, समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महशुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्ष बाट राजीनामा दिएको छु। जनताको सेवामा निरन्तर लाग्ने छु। यतिवेला सरकारले जनताको भावना विपरित आन्दोलनलाइ दवाउन खोजिरहेको प्रज्ञाभुती भएको छ।यसको नतिजा भयाभह हुनेछ।
मेरो जिवनको सवैभन्दा कालोदिन !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया