काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका छन् । जेनजी आन्दोलनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवासमा ढुंगामुढा र आगजनी गरेका हुन् ।
सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाको मृत्यु भएपछि आज बिहानैदेखि देशभर आन्दोलनको चाप उल्लेखनीय रूपमा बढेको छ। प्रदर्शनकारीहरूले राजनीतिक दलका नेताहरूका निजी निवास तथा सरकारी कार्यालयहरूलाई लक्षित गर्दै तोडफोड, आगजनी र ढुंगामुढा गरिरहेका छन् ।
प्रहरीले स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ र नागरिकहरूलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया