काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ ।
मंगलबार बिहानैदेखि प्रदर्शनकारीहरुले आगजनी गरेका कारण काठमाडौं उपत्यकाको आकाशमा बाक्लो कालोधुँवा देखिएको छ । जसका कारण उडान प्रभावित भएको नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले लोकपथलाई जानकारी दिए ।
‘आजका सम्पूर्ण उडान स्थगन एवं रद्द । अस्वभाविक एवं गम्भिर परिस्थिति तथा सुरक्षाका कारण आजका सम्पूर्ण उडान स्थगन एवं रद्द गरिएको छ । असुविधाका लागि हामी क्षमाप्रार्थी छौं,’ ती अधिकारीले भनेका छन् ।
सोमबार जेनजी समूहमाथि सरकारले दमन गरेपछि आज आन्दोलन थप चर्किएको छ । सोमबार मात्रै १९ जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया