नागार्जुन नगरपालिकाकाका निलम्बित मेयर बस्नेतको घरमा आगजनी

लोकपथ
987
Shares

काठमाडौं । मंगलबार बाफलस्थित नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहन बस्नेतको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । 

आक्रोशित प्रदर्शनकारीहरूले घरमा आगो लगाउँदा झ्याल ढोका र अन्य सम्पत्तिमा क्षति पुगेको बताइएको छ ।

प्रदर्शनकारीहरूले स्थानीय प्रशासनको निर्णय र मेयरको गतिविधिप्रति असन्तुष्टि जनाउँदै यस्तो कदम उठाएका हुन् । प्रहरीले घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।

आगो लगाउने क्रममा कोही घाइते भए नभएको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?