काठमाडौं । ललितपुरस्थित मन्त्री क्वार्टरमा आक्रोशित प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सोमबारको जेन-जी प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएको घटनापछि प्रदर्शन थप चर्किएको हो ।
आज बिहानैदेखि सुरु भएको आन्दोलनमा प्रदर्शनकारीहरूले शीर्ष नेताको निवास र विभिन्न पार्टी कार्यालयहरूमा तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षा निकाय तैनाथ गरिएको छ ।
स्रोतका अनुसार आन्दोलन अझै तीव्र बन्दै गएको छ र थप क्षतिको आशंका गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया