भैंसेपाटीस्थित मन्त्री क्वार्टरबाट उद्धार गरिएकालाई सेनाको ब्यारेकमा लगियो

लोकपथ
133
Shares

काठमाडौं । भैंसापाटीस्थित मन्त्री निवासबाट उद्धार गरिएका मन्त्री तथा उनीहरूको परिवारलाई लगनखेलस्थित सेनाको ब्यारेकमा लगिएको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरूलाई उद्धार गरिएको हो ।

मन्त्री क्वार्टरबाहिर प्रदर्शनकारीको भिड जम्मा भई भित्र प्रवेश गर्न खोजेपछि नेपाली सेना हेलिकोप्टरसहित मन्त्री निवासमा पुगेको थियो ।

मन्त्री क्वार्टरमा रहेका मन्त्री तथा उनीहरूका परिवारका सदस्यलाई नेपाली सेनाले तीन वटा हेलिकोप्टरमार्फत उद्धार गरेको हो ।

अहिले उनीहरूलाई उद्धार गरी नेपाली सेनाको ब्यारेकमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?