कलंकीमा गोली चल्यो

लोकपथ
735
Shares

काठमाडौं । काठमाडौंको कलंकी क्षेत्रमा प्रदर्शनकारी र प्रहरीले भिडन्तका क्रममा गोली चलेको छ । प्रारम्भिक विवरणअनुसार, प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गर्न थालेपछि प्रहरीले नियन्त्रणका लागि गोली चलाएको हो ।

घटनामा प्रहरीले गोली चलाउँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ।  त्यसपछि देशभरिका मुख्य शहर र जिल्लामा प्रदर्शन भड्किएका छन् । प्रदर्शनकारीहरूले विभिन्न ठाउँमा आगजनी र तोडफोड गरेका छन् ।

जनताले सरकारको सामाजिक सञ्जालमाथि प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, प्रशासनिक बेथिति, तथा नेताहरु र उनीहरूको छोराछोरीको विलासी जीवनशैलीको विरोध गर्दै सोमबारदेखि प्रदर्शन सुरु गरेका हुन् ।

प्रदर्शनकारीहरूको विरोधसँगै प्रहरीले सुरक्षा कडा बनाएको छ र विभिन्न संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाका थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?