सेनाले बढायो सक्रियता, सार्वजनिक सम्पत्तिको सुरक्षामा चासो

लोकपथ
6.7k
Shares

काठमाडौं । नेपाली सेनाले आफ्नो सक्रियता बढाएको छ । सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि सेनाले आफ्नो सक्रियता बढाएको हो ।

स्थानीय प्रशासनले कर्फ्यू लगाएपछि शान्ति सुव्यवस्था कायम गराउन नेपाली सेनाले सक्रियता बढाएको हो । हिजोको तुलनामा मंगलबार सेनाको उपस्थिति बढेको देखिएको छ ।

मंगलबार लोकपथसँग कुराकानी गर्दै नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले नेपाली सेना सार्वजनिक सम्पत्तिको सुरक्षामा तैनाथ रहेको बताए ।

सेनाको सङ्ख्या बढाइएको हो भन्ने लोकपथको प्रश्नमा बस्नेतले स्पष्ट जवाफ नदिई सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि सेनाले काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?