काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीले सांसद पदबाट राजीनामा गर्ने घोषणा गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै भदौ २४ गते राति ११:५५ बजेदेखि सांसदको जिम्मेवारी नसम्हाल्ने निर्णय लिएको जानकारी दिएकी हुन् ।
उनले वर्तमान सरकारलाई ‘अपराधिक र संवेदनाहीन’ अभिव्यक्ति दिँदै संसद् सरकारको कठपुतली बनेको आरोप लगाएकी छिन् ।
कार्कीले २०७९ को आम निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित भएकी थिइन् । तर उनले अब सो निर्वाचनको सांसद नरहने भन्दै स्पष्ट घोषणा गरेकी छन्।
सामाजिक सञ्जालमार्फत उनले युवापुस्तासँगै आफू उभिएको सन्देश पनि दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया