कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनकारीको आगजनी

लोकपथ
294
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा प्रदर्शनकारीहरुले आगजनी गरेका छन् ।

मंगलबार दिउँसो प्रदर्शनकारीहरुले सानेपा पुगेर आगजनी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यू आदेश जारी गर्दै कांग्रेस पार्टी कार्यालयसहितका स्थानमा निषेधित क्षेत्र तोकेको थियो । तर प्रदर्शनकारीहरुले केहीबेरअघि पार्टी कार्यालयमा आगजनी गरेका हुन् ।

यता सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा समेत प्रदर्शनकारीहरुले आगजनी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?