राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजी निवासमा आगजनी

लोकपथ
2.8k
Shares

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनका क्रममा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगजनी गरिएको छ । राष्ट्रपति पौडेलको बनस्थली बोहोराटारमा रहेको घरमा आगजनी गरिएको हो ।

प्रदर्शनकारी नाराबाजी गर्दै राष्ट्रपति पौडेलको निजी निवासमा पुगेपछि त्यहाँ सुरक्षार्थ तैनाथ प्रहरीहरूसमेत भागेका छन् ।

प्रदर्शनकारीले घरभित्रबाट फर्निचर लगायतका सामान बाहिर ल्याएर तोडफोड गरेका छन् ।


अहिले घर बाहिर फर्निचरमा लगाएको आगो घर भित्रसम्म फैलिने खतरा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?