काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज बिहान ११ बजे देखि राति १० बजेसम्म महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आज भएको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सर्वसाधारण तथा सवारी साधन आवतजावतबाहेक सभा, जुलुस, भेला, धर्नालगायत गतिविधिमाथि निषेध गर्दै कर्फ्यु आदेश जारी गरेको हो ।
मोरङ जिल्ला प्रशासनले महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गर्दै त्यसको पूर्ण पालना गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया