कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयमा जेनजी युवाहरूले आक्रमक प्रदर्शन गर्दै मुख्यमन्त्री कमलबहादुर शाहको गाडीमा तोडफोड गरेका छन् ।
प्रदर्शनकारीहरू आज बिहानै मुख्यमन्त्री कार्यालय परिसरमा प्रवेश गरेका थिए । कार्यालयभित्र पसेलगत्तै उनीहरूले मुख्यमन्त्रीको गाडीमा आक्रमण गर्दै सिसा र बाहिरी भाग क्षतिग्रस्त पारेको प्रहरीले जनाएको छ ।
उग्र बनेको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोजे पनि प्रदर्शनकारीहरूको भीड कार्यालय क्षेत्रमै लामो समयसम्म जमेको बताइएको छ ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेको र थप बल प्रयोग नगर्ने भन्दै वार्ता र छलफलमार्फत आन्दोलन शान्त पार्ने तयारी गरेको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया