कर्फ्यु लगाइएका क्षेत्रका बैंक बन्द गर्न राष्ट्र बैंकको निर्देशन

लोकपथ
567
Shares

काठमाडौं । जेनजीहरूको आन्दोलन चर्किएपछि काठमाडौं उपत्यकाका कर्फ्यु लगाइएका क्षेत्रका बैंकहरू बन्द हुने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्फ्यु आदेश जारी गरिएको क्षेत्रमा शाखा नखोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकका सूचना अधिकारी सुमन न्यौपानेका अनुसार, कर्फ्यु बाहेकका क्षेत्रमा समेत पूर्ण रुपमा कार्यालय सञ्चालन नगरी आंशिक रुपमा मात्रै सञ्चालनमा ल्याउन भनिएको छ ।

‘सबै कार्यालय नखोल्नु भन्ने निर्देशन हो । कर्फ्यु बाहेकका क्षेत्रमा पनि अत्यावश्यक सेवा दिन सकिने गरी आंशिक रुपमा सञ्चालनमा ल्याउनु भनिएको छ,’ उनले बताए ।

अनलाइन कारोबार भने प्रभावित नहोस् भन्ने उद्देश्यले आवश्यक संयन्त्र तयार पार्न पनि राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?