प्रचण्ड निवासमा आगजनी 

लोकपथ
5.9k
Shares
फाइल तस्बिर

काठमाडौं । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । 

सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । 

काठमाडौं उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन थप उग्र बन्दै जाँदा उनीहरूको निशानमा पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड पनि परेका हुन् । 

कर्फ्युका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिने क्रममा एउटा समूह प्रचण्ड निवास खुमलटार पुगेको थियो । त्यहाँ प्रदर्शनकारीहरूले प्रचण्डविरुद्ध चर्का नारा लगाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?