काठमाडौं । काठमाडौं उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन थप उग्र बन्दै जाँदा उनीहरूको निशानमा पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि परेका छन् ।
प्रदर्शनकारीले प्रचण्डको निवासमा तोडफोड गरेका छन् । नजिक रहेको प्रहरी बिटमा आगजनी गरेर अघि बढेको समूहले प्रचण्डको निवास पुगेर ढुंगामुढा गरेका हुन् ।
कर्फ्युका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिने क्रममा एउटा समूह प्रचण्ड निवास खुमलटार पुगेको हो । त्यहाँ प्रदर्शनकारीहरूले प्रचण्डविरुद्ध चर्का नारा लगाइरहेका छन् । उनीहरू प्रचण्ड निवासमा भित्र पस्ने तरखरमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया