काठमाडौं । नेपाल प्रहरीको उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई पठाइएको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई उपत्यका प्रहरी कार्यालयको कमान्ड सुम्पेको हो ।
एआईजी टेकबहादुर तामाङले ३० बर्से सेवा अवधिले भदौ १८ गते अवकाश अवकाश पाएपछि निमित्तको भरमा उपत्यका प्रहरी चलेको थियो । १८ गतेपछि उपत्यका प्रहरी डीआईजी ओम रानाले नेतृत्व गरिरहेका थिए ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय ६ दिनदेखि नेतृत्वविहीन हुँदा सोमबारको ‘जेनजी आन्दोलन’मा गम्भीर सुरक्षा चुक भएको विश्लेषण भइरहेको छ । सोमबार भएको जेनजीको प्रदर्शनमा सुरक्षा निकायको परिचालनमा गम्भीर चुक हुनुका पछाडि उपत्यका प्रहरीको नेतृत्व नहुनुलाई प्रमुख कारण मानिएको छ । कमान्ड कन्ट्रोल नहुँदा तितरबितर भीडलाई ट्याकल गर्न प्रहरी असक्षम देखिएको पनि विश्लेषण भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया