काठमाडौं । काठमाडौंको कलंकी क्षेत्रमा मंगलबार बिहानैदेखि प्रदर्शनले तनावपूर्ण बनेको छ ।
बिहानदेखि कलंकी चोक, मालपोत क्षेत्र, खसीबजार लगायत मुख्य र भित्री सडकमा प्रदर्शन जारी रहेको छ । प्रदर्शनकारीहरूले मुख्य सडकमा टायर बालेर नाराबाजी गरेका छन् भने प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन् ।

प्रहरीले लाठीचार्ज गर्दै प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयास गरेको छ । हाल प्रशासनले स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया