सरकारले बढायो ‘कर्फ्यू’ को क्षेत्र, चक्रपथभित्रका सम्पूर्ण क्षेत्रमा लागू हुने

लोकपथ
2.4k
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं महानगरभित्रका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ ।

जेनजीको आन्दोलनपछि सोमबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वर लगायतका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो । आज पुनः अर्को विकल्प नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको जिप्रका काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवी रिजालले जानकारी दिए ।

बिहान साढे ८ बजे (८ः३० बजे) देखि अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यू आदेश जारी भएको उनले बताए ।

काठमाडौं प्रशासनका अनुसार काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल गौशला चावहिल, नारायणगोपाल चोक, गंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती पुलसम्मको चक्रपथ भित्रका सम्पूर्ण भूभागमा कर्फ्यू आदेश जारी गरिएको छ ।

जहाँ अत्यावश्यक सेवाका सवारीसाधनहरु, एम्बुलेन्स, दमकल, शव बहानहरु, स्वास्थ्यकर्मीका सवारीसाधन, सञ्चारकर्मीहरु लगायतलाई मात्रै ती क्षेत्रमा प्रवेश गर्न दिइनेछ ।

जेनजी समूहले सोमबार काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेका थिए । सो क्रममा सरकारले अति बल प्रयोग गर्दा १९ जनाको मृत्यु भएको छ, ४ सय भन्दा बढी युवा विद्यार्थी घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?