जेनजीमाथि सरकारले दमन गर्‍यो, न्यायिक छानबिन होस् : अर्जुननरसिंह केसी

लोकपथ
644
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जेनजी समूहले गरेको आन्दोलनमा सरकारले युवामाथि सरकारको कदम निन्दनीय रहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

पूर्वमन्त्री समेत रहेका नेता केसीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आफ्नो माग अघि सारेर आन्दोलनमा होमिएका युवाहरुमाथि सरकारले गरेको व्यवहार खेदपूर्ण रहेको बताए ।

‘आजको जेनजी आन्दोलनमा भ्रष्टाचार नियन्त्रण, रोजगारको व्यवस्थापन, नेपाली जनताको करको दुरुपयोग नहोस् भन्ने माग सहित सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र बिधिविहिनता विरूद्ध निहत्था नयाँयुवा पुस्ताको प्रदर्शनमा काठमाडौंको बानेश्वर लगायत देशका विभिन्न भागमा भएको आन्दोलन हिंसात्मक बन्नु निन्दनीय मात्र होइन खेदपूर्ण छ । प्रहरीको गोली प्रहारमा कम्तीमा २० जना युवाको ज्यान गएको छ भने २०० सय भन्दा बढी घाइते भएका छन्,’ नेता केसीले भनेका छन् ।

जेनजीको आन्दोलनमा घुसपैठ भएको भन्दै आन्दोलनलाई थप क्रुर बनाउनु निन्दनीय रहेको नेता केसीको आरोप रहेको छ । ०६२–०६३ को १९ दिने जनआन्दोलनको क्रममा केवल २० जनाको मृत्यु भएको र पछि ५–६ जनाको मृत्यु भएको तर आज एकैदिन त्यस बेलाकै हाराहारीमा युवाहरुले ज्यान गुमाउनु गम्भीर घटना रहेको बताए । साथै यस किसिमको गम्भीर घटनामा न्यायीक छानबिन समिति बनाएर छानबिनका लागि समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?