काठमाडौं । प्रनिधिनि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान)ले जेन जी माथिको अत्याचार बन्द गर्न सरकालाई चेतावनी दिएका छन् । सोमबार जेनजीले देशभर गरेको आन्दोलनमा प्रहरीले गरेको अत्याचारलाई भर्त्सना गर्दै सांसद श्रेष्ठले सरकारलाई चेतावनी दिएका हुन् ।
जेन जी आन्दोलनका क्रममा १९ जनाले ज्यान गुमाइसकेका छन् भने ३ सय ४७ जना घाइते भएका छन् । सांसद श्रेष्ठले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
देशमा भइरहेको भ्रष्टाचार अनियमिततामाथि आवाज निकाल्नु हरेक नागरिकको दायित्व भएको उनले बताएका छन् । साथै, आवाज मुखरित गर्ने माध्यम सामाजिक सञ्जालमाथि सरकारले लगाएको बन्देजको विरोध गर्न पाउनु हरेक युवाको अधिकार रहेको उनले बताए । ‘युवाका जायज माग पूरा गर्नुको सट्टा आज युवामाथि सरकार जसरी जाइलाग्यो यो निकै खेदपूर्ण छ,’ उनले भने, ‘युवाको ताँतीदेखि आत्तिएर सरकारले आज युवा मार्ने कदम चाल्नुले मलाई देशमा सरकार ढलेको मात्र होइन मरिसकेको भान भइरहेको छ । त्यसैले म सरकारलाई जेन जी युवाहरुमाथिको दमन बन्द गर्न चेतावनी दिन चाहन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया