इटहरी उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

लोकपथ
63
Shares

काठमाडौं । सुनसरीको इनरुवामा जेन-जी आन्दोलन चर्किँदै गएपछि इटहरीमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

सोमबार दिउँसो ३:३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासनले उपमहानगरपालिकाको केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी हो । 

जिल्ला प्रशासन कार्यालय सुनसरीले आइतबार बसेको सुरक्षा समितिको बैठकको निर्णयअनुसार मुलुकको शान्ति सुरक्षा अवस्था खलबलिन सक्ने सम्भावना भएकाले निषेधाज्ञा लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदेश कुमार मिश्रले जारी गरेको आदेशअनुसार निषेधाज्ञा अवधिभर विरोध–प्रदर्शन, जुलुस, सभा, भेला, भिड जम्मा गर्ने कार्य गर्ने निषेध गरिएको छ ।

निषेधाज्ञाको परिधि यस प्रकार छः

उत्तर- हलगडा नेपाली सेनाको ब्यारेकदेखि शाहबहाल चोकसम्म

पूर्व मिलन- चोकदेखि जूट विकाससम्म

दक्षिण- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयदेखि यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चोक हुँदै बस पार्क क्षेत्रसम्म

पश्चिम – कंलकि मोडदेखि जनता बस्तीसम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?