जेनजीको आन्दोलनमा समाचार संकलनका लागि खटिएका चार पत्रकार घाइते

लोकपथ
182
Shares

काठमाडौं । ‘जेनजी’ प्रदर्शनको समाचार संकलनमा खटिएका चार पत्रकार घाइते भएका छन् ।

नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शनको समाचार संकलन गर्न खटिएका पत्रकारहरु श्याम श्रेष्ठ, दीपेन्द्र ढुङ्गाना, उमेश कार्की र शम्भु दङ्गाल घाइते भएका नेपाल पत्रकार महासंकले जनाएको छ ।

घाइते पत्रकारको ट्रमा सेन्टर, पाटन अस्पताल र सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले घाइते पत्रकारको अवस्थाबारे जानकारी लिने काम भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?