काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।
जेनजीहरुको प्रदर्शन हिंसात्मक बनेपछि कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।
बैठक सभापति शेरबहादुर देउवाको निवासमा बस्ने छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार सरकारले परिस्थिति आकलन गर्न नसकेर गम्भीर गल्ती गरेको र यसबारे आवश्यक निर्णय लिनलाई बैठक बोलाएको बताए ।
उता, जेनजी आन्दोलन चर्किएसँगै मानवीय क्षति पनि बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा आज राजधानीसहित मुलुकभर जेनजीको प्रदर्शन जारी छ । हालसम्म कम्तीमा ११ जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएका छन् । यस्तै, काठमाडौं र पोखरामा कर्फ्यु लगाइएको छ ।
यस्तो पृष्ठभूमिमा बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया