काठमाडौं । जेन-जी आन्दोलन चर्किएसँगै मानवीय क्षति पनि बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । आज साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
प्रधानमन्त्री ओलीले सोमबार अपरान्ह २ बजे नै मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक भनी बोलाएपनि बैठक भने साँझ ६ बजेका लागि मात्रै तय गरेका छन् ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोधमा आज राजधानीसहित मुलुकभर जेनजीको प्रदर्शन जारी छ ।
हालसम्म कम्तीमा १४* जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएका छन् । यस्तै, काठमाडौं र पोखरामा कर्फ्यु लगाइएको छ ।
यस्तो पृष्ठभूमिमा बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया