प्रदर्शनमा घाइते भएका ४ जनाको मृत्यु, ३ जनाको अवस्था गम्भीर

लोकपथ
1.7k
Shares

काठमाडौं । जेन–जी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका ४ जनाको मृत्यु भएको छ । प्रदर्शनमा घाइते भएका ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार प्रदर्शनमा घाइते भएकामध्ये सिभिल अस्पतालमा उपचारका क्रममा दुई जना, एभरेस्ट अस्पतालमा एक जना र राष्ट्रिय ट्रमा सेन्टरमा एक जनाको मृत्यु भएको पुष्टि भएको हो ।

मृत्यु हुनेहरूको पहिचान खुल्न सकेको छैन ।

प्रदर्शनमा ७० जनाभन्दा बढी घाइते भएकामा ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?