यस्तो घोषणापत्रसहित चुनावमा होमियो वाम गठबन्धन

काठमाडौं, २१ कात्तिक । एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । मंगलबार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका थिए ।

सो अवसरमा बोल्दै प्रचण्डले मुलुकको विकास र स्थायित्वलाई आधार बनाएर घोषणापत्र तयार गरिएको बताए ।

उनले घोषणापत्रमा विकास निर्माण, सामाजिक न्याय, उर्जा, लगायतका विषयलाई प्राथमिकतामा राखेको बताउँदै समावेश गरिएका विषयहरुलाई ३ बर्ष, ५ बर्ष र १० बर्षमा पुरा गर्ने लक्ष्य राखेको जानकारी दिए ।

घोषणापत्रमा दैनिक ५ लाख पर्यटक भित्रयाउने, सूचना प्रविधिमा विदेशी लगानी निषेध गर्ने नीति अगाडी सारेको, सामाजिक सञ्जालालई जनमुखि बनाउने र विधिको शासन कायम गर्ने विषयलाई पनि उठाइएको अध्यक्ष प्रचण्डले बताए ।

समाबेशी र सन्तुलित विकासको अवधारणा घोषणापत्रमा उल्लेख भएको तथा सामाजिक, सांस्कृतिक नीतिलाई समेत अघि सारिएको छ ।

यस्तै पुर्ननिर्माण र पुनस्थापनाका विषयमा पनि वाम गठबन्धनको घोषणापत्रमा उल्लेख गरिएको तथा भूकम्प पीडितलाई ३ लाख अनुदान र तीन लाख निव्र्याजी ऋण दिने नीति अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?