जेन–जीको प्रदर्शनका कारण राष्ट्रिय सभा बैठक स्थगित 

लोकपथ
175
Shares

काठमाडौं । जेन–जीको प्रदर्शनका कारण आजको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । अर्को बैठक भदौ २५ गते बस्ने संसद् सचिवालयले जानकारी दिएको छ ।

जेनजी आन्दोलनका कारण आजको राज्य व्यवस्था समिति बैठक पनि प्रभावित बनेको छ । 

जेन–जीको प्रदर्शनका कारण बानेश्वर क्षेत्र अस्तव्यस्त बनेको छ । केही बेरअघि प्रदर्शनकारी संसद् भवनभित्रै प्रवेश गरेर तोडफोडसमेत गरेका थिए । त्यसपछि उनीहरूले संसद् भवनको दुई नम्बर गेटमा आगो लगाएका थिए । 

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सकस भएपछि प्रशासनले संसद् भवन आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?